9 years ago
June 11, 2016
आज भएको पनामा बिरुद्को खेलमा अर्जेन्टिनाले ५-०को ठुलो अन्तरले जित हासिल गरेको छ । खेलमा मेसीले दोस्रो हाल्फमा प्रवेश गर्दै ह्याट्रीक गरेका थिए । यो जित पश्चात अर्जेन्टिना कोपा अमेरिकाको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
पहिलो हाल्फमै १० खेलाडिमा सिमित हुन पुगेको पनामाले पहिलो हाल्फमै एक गोलले पछी परेको थियो । खेलको ७औ मिनटमै ओटामेन्डिले अर्जेन्टिनाको लागि पहिलो गोल गरेका थिए । सो पश्चात पहिलो हाल्फमा अरु कुनै गोल हुन सकेन ।
एक गोलले अगि परेको स्तितिमा दोस्री हाल्फ सुरु गरेको अर्जेन्टिनाले दोस्रो हाल्फमा चार गोल थप्न सफल भएको थियो । खेलको ६१औ मिनटमा फर्नान्डेजको स्थानमा मैदानमा प्रवेश गरेका लियो मेसीले ह्याट्रीक गरेका थिए । मेसीले ६८,७८ र ८७औ मिनटमा गोल गरे, थप एक गोल सेर्जिओ अगुएरोले गरेका थिए ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]