5 years ago
October 2, 2019
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा आफ्नो दोस्रो खेलमा क्रोएसियन क्लब डाइनामो जाग्रिवमाथि सहज जित निकालेको छ ।
घरेलु मैदान इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीले जाग्रिवमाथि २–० को सहज जित निकालेको हो । सिटीको जितमा रहिम स्ट्रलिङ र फिल फोडेनले गोल गरे ।
पाहुना टोलीले घरेलु टोलीलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न सकेन । ६६औं मिनेटमा रहिमले रियाद महारेजको पासमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।
जितसँगै समुह ‘सी’ मा अपराजित रहेको सिटीले दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित डाइनामो जाग्रिव ३ अंकसहित दोस्रो स्थानमा छ ।
यही समूहको अर्काे खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कले इटालियन क्लब एटलान्टामाथि २–१ को कठिन जित निकालेको छ । साख्तरले खेलमा पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो ।
घरेलु टोलीले खेलको १६औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । तर, त्यसको दुई मिनेटपछि डुभाज जापाटाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
४१औं मिनेटमा जुनियर मोरायसले बराबरी गोल फर्काए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा मनोर सोलोमोनले गोल गर्दै साख्तरलाई २–१ को महत्वपुर्ण जित दिलाए । जितसँगै साख्तर २ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । एटलान्टा अंकविहीन छ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]