5 years ago
October 1, 2019
एजेन्सी – बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीको विकल्प अरु कोहि हुन नसक्ने चर्चा चल्ने गरेको छ । कतिपयले मेस्सीको विकल्प उनीमात्र हुन सक्ने बताइन्छ । पछिल्लो पटक बी टोलीका एलक्स कोलाडोको एउटा गोलका कारण उनलाई मेस्सीको विकल्प हुन सक्ने आंकलन गरिएको छ ।
बार्सिलोनाका बि टोलीका कोलाडोले एकल प्रयासमा सनसनीपूर्ण गोल गरेका थिए । दोस्रो डिभिजनको खेलमा बार्सिलोना बीले एट्लेटिको लेभान्टेलाई हराउँदा २० वर्षे कोलाडोले गोल गरेका थिए । उनको जसरी गोल गरे त्यसमा पाँच पटकका बालोन डी ओर विजेता मेस्सीको झल्को दिने खालको थियो ।
खेलमा त्यति बेला बार्सिलोना १–० ले अगाडि थियो । त्यस्तोमा स्पेनिस कोलाडोले बल खेल्दै अघि बढाउँदै र केहि विपक्षी रक्षकलाई कटाउँदै पोष्ट नजिक बल पेराएका थिए । त्यसपछि उनले पेनाल्टी एसियाबाट ब्याक हिलमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारेका थिए ।
युवा फरवार्डले स्पेनबाट यू १९ का लागि खेलिरहेका छन् । उनी सन् २०२१ को जुन सम्म बार्सिलोनासँगको सम्झौतामा छन् । उनले यो सिजन २ गोल गर्नुका साथै दुई असिस्ट गरिसकेका छन् । दोस्रो डिभिजनमा बार्सिलोनाबी पाँचौं स्थानमा रहेको छ । टोलीले ३ जित, २ खेलमा जित र १ खेलमा हार बेहोरेको छ ।
गोलको भिडियो :
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]