5 years ago
September 29, 2019
एजेन्सी – इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएका छन् । शनिबार राति भएको खेलमा साम्पडोरियालाई ३–१ गोल अन्तरले पराजित गर्दै इन्टरले आफ्नो अपराजित यात्रालाई सातौ खेलसम्म लम्ब्याएको हो ।
१० खेलाडीमा सिमित इन्टरको अपराजित यात्रामास्टेफानो सेन्सी, एलेक्सिस सान्चेज र रोबर्टाे गाग्लीआर्डीनीले गोल गरे । साम्पडोरियाका जाकुब जाङ्टोले एक गोल फर्काए ।
खेलको २०औं मिनेटमा सेन्सीले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । २२औं मिनेटमा साञ्चेजले गोल गर्दै इन्टरलाई शुरुवातमै २–० ले अघि बढाएको थियो ।
दोस्रो हाफको शुरुमै इन्टर १० खेलाडीमा समेटियो । ४६औं मिनेटमा सान्चेजले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि इन्टर दवावमा देखिएको थियो । ५५औं मिनेटमा जाकुवले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, ६१औं मिनेटमा रोवर्टाेले गोल गर्दै इन्टरलाई ३–१ को जित दिलाए ।
जितसँगै शीर्षस्थानमा फर्किएको इन्टरले ६ खेलमा १८ अंक जोडेको छ । दोस्रो स्थानको युभेन्टसको १६ अंक छ । साम्पडोरिया ३ अंक जोडेर पुछारमा छ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]