5 years ago
September 28, 2019
एजेन्सी – विपक्षी गोलकिपरको गल्तिको फाइदा उठाउँदै लिभरपुलले प्रिमियर लिगमा लगातार १६ औं जित दर्ता गराएको छ । लिभरपुलले शनिबार सेफिल्ड युनाइटेडलाई उसकै मैदानमा १–० ले हराएको छ ।
जर्जियानो वाइनाल्डमले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट ७० औं मिनेटमा गरेको प्रहारलाई गोलकिपर डेयन हेन्डरसनले रोक्ने प्रयास त गरे । तर उनले बल नियन्त्रणमा लिन सकेनन् र खुट्टा मुनिबाट गोलमा परिणत भयो । गोलरक्षक हेन्डरसन म्यानचेस्टर युनाइटेडबाट लोनमा सेफिल्ड आइपुगेका हुन् ।
पहिलो हाफमा पनि लिभरपुलले अग्रता लिने अवसर पाएको थियो । तर सफल भएन । पहिलो हाफको अगाडि सेफिल्डले पनि अग्रता लिने मौका पाएको थियो तर, सफल भएन ।
यस जितसँगै २१ अंकका साथ लिभरपुल शीर्षस्थानमा यथावत छ । दोस्रो स्थानको म्यानच्यास्टर सिटीको भन्दा लिभरपुलको ८ अंक बढी छ । सेफिल्ड आठौंबाट १२ औं स्थानमा झरेको छ ।
Dean Henderson with the biggest mess up of the season. pic.twitter.com/Daja5d2SLe
— Captain Wiall ㋡ (@niallmoran_) September 28, 2019
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]