5 years ago
September 28, 2019
एजेन्सी – दि रोयल स्पेनिस फुटबल एसोसिएसनले नियम मिचेको भन्दै क्याटलान क्लब बार्सिलोनालाई कारबाही गरेको छ ।
स्पेनिस फुटबल फेडेरेसनले बार्सिलोनाले खेलाडी अनुबन्धमा नियमविपरीत एन्टोइन ग्रिजम्यानलाई क्लबमा अनुबन्धन गरेको भन्दै बार्सिलोनालाई ३०० युरो जरिवाना तोकेको हो ।
फेडेरेसनले आर्टिकल १२६ मा रहेको अनुशासन नियमका आधारमा कारवाही गरेको थियो । बार्सिलोनाले गत जुलाईमा एट्लेटिको मड्रिडबाट ग्रिजमनलाई १२० मिलियन युरोमा अनुबन्ध गरेको थियो ।
एट्लेटिकोले रिलिज क्लजभन्दा कम रकममा लगेको भन्दै स्पेनिस फुटबल फेडेरेसनमा उजुरी दिएको थियो ।
मड्रिडले ग्रिजमनको २०० मिलियन युरो रकमको क्लज रिलिज तय गरेको बताएको थियो । उजुरीउपर सुनुवाइ गर्दै फेडेरेसनले बार्सिलोनालाई कारबाही गरेको हो ।
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]