default_image

5 years ago

September 28, 2019

म्याड्रिड डर्बीअघि जिदानले यसो भने

86 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने खेलमा लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले पछिल्लो समय केहि खराब प्रदर्शन गरिरहेको एटलेटिको म्याड्रिडको सामना गर्दैछ । खेल नेपाली समयअनुसार भने आइतबार विहान १२:४५ बजे सुरु हुनेछ ।

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले खेलको निकै महत्त्व रहेको बताए । ‘हामीसँग खेलाडी र प्रशिक्षकको भूमिकामा निकै ठूलो जिम्मेवारी छ । हामीले के गर्नुपर्छ बुझेका छौं,’ उनले थपे, ‘ यो मात्र अर्को लिग खेल हो र हामीले अन्य खेलझैं जितकै लक्ष्य राखेर खेल्नेछौं । खेल पक्कै सहज हुने छैन किनकी एटलेटिको राम्रो टोली हो ।’

जिदानले गोलरक्षक थिबाउट कोर्टुवाको स्थितिलाई लिएर भने प्रष्ट जवाफ दिएनन् । पछिल्लो खेलमा केहि खराब लयमा रहेका कोर्टुवालाई विश्राम दिँदा अर्का गोलरक्षक एल्फोन्स आरिओलाले राम्रो प्रदर्शन गरेका थिए । जिदानले अहिले नै गोलरक्षकबारे निर्णय नलिएको बताए । ‘मेरो लागि टोलीका सबै खेलाडी उत्तिकै महत्त्वपूर्ण छन् । सबै खेलाडी खेलका लागि तयार छन् । मैले चाहेअनुसार भए त २५ खेलाडी नै खेलाउथें,’ उनले भने ।

जिदानले पछिल्लो खेलमा बेन्चबाट आएर गोल गरेका ब्राजिलियन फरवार्ड रोड्रीगो गोएसलाई पहिलो टोलीमा नराखेको बताए । उनले म्याड्रिडको दोस्रो रोजाई टोली कास्तीलाबाट खेल्ने भएका छन् । ‘हामी उनलाई लिएर फरक योजनामा छौं । उनले भोली कास्तीला टोलीबाट खेल्नेछन् र त्यसमा परिवर्तन हुने छैन । उनी हाम्रो सिनियर टोलीका सदस्य हुन् र उनलाई लिएर योजना बनाएका छौं । हामीले उनलाई उनको भूमिकाबारे प्रष्ट पारेका छौं,’ उनले थपे ।

लिगको शीर्षस्थानमा रहेको रियललाई अब त्यसै स्थानमा जारि राख्न रियलले प्रयास गर्ने जिदानले बताए । ‘हामीले संयम भएर खेल्नुपर्छ । एटलेटिको बलियो टोली हो । तर म विपक्षी भन्दापनि आफ्नो टोलीमै ध्यान दिइरहेको छु । खेलाडीहरुको मनोबल उच्च छ र हामी राम्रो नतिजा ल्याउन प्रयासरत छन्,’ जिदानले भने ।

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

February 28, 2025

एन्जिला ग्रिस फर्किइन्

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका‌ लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]

February 28, 2025

केपी ओली कप सेमिफाइनल – आर्मी र संकटा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]

Success

Thank you for your time.