5 years ago
September 27, 2019
एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले लगातार दोस्रो हार बेहोरेको छ । मिलान घरेलु टोली टोरिनोसँग २–१ ले पराजित भएको हो ।
सिरी ‘ए’ मा मिलानको लगातार दोस्रो तथा तेस्रो हार हो । मिलान यसअघि इन्टर मिलानसँग २–० ले तथा उडिनेसीसँग १–० ले पराजित भएको थियो ।
टोरिनोको मैदानमा मिलानले सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित हुन पुगेको हो । लोरेन्जो डि सिल्भेस्ट्रीले फल गरेपछि खेलको १८औं मिनेटमा क्रिजिस्टफ पियाटिकले पेनाल्टीमा गोल गर्दै मिलाई सुरुवाती अग्रता दिलाए ।
दोस्रो हाफमा मिलान समस्यामा परेको थियो । टोरिनोले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा २–१ को अग्रत लिएको थियो । ७३औं मिनेटमा एन्ड्रिया बेलोटीले बराबरी गोल फर्काएका थिए । त्यही गोलमा वैकल्पिक गोलरक्षक पेप रैनाले रेफ्रीसँग अनावश्यक विवावद गरेवपछि रेफ्रीले पेपलाई रातो कार्ड देखाउदै बेन्चबाट बाहिर पठाएको थियो ।
७६औं मिनेटमा बेलोटीले गोल गर्दै मिलानलाई २–१ ले अघि बढाए । त्यसपछि गोल हुन नसक्दा टोरिनो विजयी हुन सफल भयो ।
जितसँगै टोरिनो ५ खेलबाट ९ अंक जोडेर छैटौं स्थानमा उक्लदा मिलान ५ खेलबाट ६ अंक जोडेर १३औं स्थानमा छ ।
इन्टर मिलान ५ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । १३ अंक रहेको युभेन्टस दोस्रो स्थानमा छ ।
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]