default_image

5 years ago

September 26, 2019

मेस्सीले च्याम्पियन्स लिगसहित तीन खेल गुमाउने

105 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले चोटका तीन खेल गुमाउने भएका छन् ।

ला लिगा अन्तर्गत मंगलबार राति भिल्लारियलविरुद्ध २–१ को जित निकालेको खेलमा मेस्सी मसल्समा चोट बोक्दै मैदानबाट बाहिरिएको थियो । प्रशिक्षक एर्नेस्टो भलभेर्डेले मेस्सीको चोट सामान्य रहेको बताएपनि परिक्षणपछि उनले तीन खेल गुमाउने पक्का भएको क्लबले उल्लेख गरेको छ ।

भिल्लारियलविरुद्ध प्रशिक्षक भालभेर्डेले मेस्सीको चोट सामन्य रहेको र जोखिम नमोल्ने भन्दै दोस्रो हाफमा उनलाई विश्राम दिएका थिए । मेस्सीले ला लिगाको दुई र च्याम्पियन्स लिगको एक खेल गुमाउने पक्का भएको छ ।

बार्सिलोनाले शनिबार गेटाफेसँग खेल्दैछ । अर्काे बुधबार च्याम्पियन्स लिगमा इटालियन क्लब इन्टर मिलान र त्यसपछि ला लिगामा सेभिल्लाविरुद्धको खेल गुमाउन सक्ने क्लबले जनाएको छ ।

मेस्सी सिजनको शुरुमै चोटसँग जुध्न पुगेको थिए । नयाँ सिजनको सुरुवाती चार खेल गुमाइसकेका मेस्सीले च्याम्पियन्स लिगमा बोरुसिया डर्टमन्डविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गर्दै खेलमा पुनरागमन गरेका थिए । त्यसपछि ला लिगामा ग्रानडाविरुद्व दाेस्राे हाफमा तथा भिल्लारियलविरुद्व मेस्सीले पहिलो रोजाईमा खेलेका थिए ।

February 28, 2025

भद्रपुर झापा गोल्डकपमा आयोजक च्याम्पियन

हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]

February 28, 2025

एन्जिला ग्रिस फर्किइन्

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका‌ लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]

February 28, 2025

केपी ओली कप सेमिफाइनल – आर्मी र संकटा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]

Success

Thank you for your time.