5 years ago
September 26, 2019
एजेन्सी – साविकक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै रेइम्ससँग स्तब्ध बनेको छ । पीएसजी रेइम्ससँग २–० ले स्तब्ध बनेको हो ।
लिग वानमा शुरुवाती ७ खेल सकिदा पीएसजीको यो दोस्रो हार हो । घरेलु मैदानमा पीएसजीले १६ महिनापछि हार बेहोरेको हो । पीएसजी यसअघि रेनिससँग २–१ ले पराजित भएको थियो ।
खेलको २९औं मिनेटमा हसाने कामराले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । बल पोजेसनमा पकड जमाएपनि पीएसजीले रेइम्सको पोस्टमा कुनैपनि समय गतिलो आक्रमण बुन्न सकेन ।
इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा बोउलाय डियाले गोल गर्दै घरेलु टोली पीएसजीलाई २–० ले स्तब्ध पारे ।
हारपछि पनि पीएसजी ७ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान १५ अंक रहेपनि एन्जर्स गोल अन्तरमा दोस्रो स्थानमा छ । रेइम्स ११ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]
February 28, 2025
हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]