5 years ago
September 26, 2019
एजेन्सी – ब्राजिलका युवा खेलाडीद्वय भिनिसियस जुनियर र रोड्रीगो गोएसले गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा अोसासुनामाथि जित दर्ता गरेको छ ।
बुधबार घरेलु मैदान सान्टियागो बर्नाबाउमा रियलले २-० को जित दर्ता गरेको हो । खेलको दुवै हाफमा रियलले १-१ गोल गरेको थियो । रियलले पछिल्लो खेलबाट ८ खेलाडी परिवर्तन गरेको थियो । गोलरक्षक अल्फोन्स आरियोलाले डेब्यु गर्दै राम्रो प्रदर्शन गरेका थिए ।
खेलको ३६ अौं मिनेटमा रियलले अग्रता लिएको थियो । टोनी क्रुसको पासमा भिनिसियसले उत्कृष्ट फिनिस गर्दै म्याड्रिडलाई अग्रता दिलाए । पहिलो हाफमा लुका जोभिचले पाएका अवसर सदुपयोग गर्न नसक्दा रियलले अग्रता बढाउन सकेन ।
दोस्रो हाफमा डेब्युको अवसर पाएका रोड्रिगोले अग्रता दोब्बर पारे । भिनिसियसको स्थानमा मैदान प्रवेश गरेका उनले मैदान छिरेको एक मिनेटमै गोल गरे । क्यासेमिरोको लामो पासलाई नियन्त्रणमा लिँदै उनले उत्कृष्ट गोल गरेका थिए ।
रियलका लागि अब अर्को खेल म्याड्रिड डर्बी रहेको छ । त्यसअघि टोलीको मनोबल उच्च रहँदा प्रशिक्षक जिदानलाई फाइदा पुग्ने देखिन्छ । अंक तालिकामा रियलको ६ खेलमा १४ अंक छ । एट्लेटिको १३ अंकसहित दोस्रो स्थानमा छ । त्यसपछि बिल्बाअो १२, ग्रानडा ११ तथा बार्सिलोना, सोसिडाड र सेभिल्ला १०-१० अंकमा छन् ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]
February 28, 2025
हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]