5 years ago
September 25, 2019
एजेन्सी – च्याम्पियनसिप क्लब नथिङघम फरेष्ट क्लबमाथि फराकिलो जित निकाल्दै प्रिमियर लिग क्लब आर्सनल इंग्लिस फुटबल लिग कप (इएफएल) को चौथो चरणमा प्रवेश गरेको छ ।
घरेलु मैदान इमिरेट्स स्टेडियममा मंगलबार राति भएको खेलमा ग्याब्रियल मार्टिनेलीको दुई गोल सहयोगमा आर्सनलले नथिङघममाथि ५–० को फराकिलो जित निकालेको हो । रव होल्डिङ, जोसेफ विललक र रेइस नेल्सनले गोल गरे ।
खेलको शुरुवातदेखि नै दोस्रो डिभिजनको क्लबलाई दवावमा राखेको आर्सनलले पहिलो गोलको लागि ३१औं मिनेट कुर्नुपरेको थियो । कलुम चेम्वर्सको पासमा ग्याब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई अघि बढाए । पहिलो हाफमा १–० को झिनो अग्रता लिएको आर्सनलले दोस्रो हाफमा ४ गोल गर्न सफल भयो ।
७१औं मिनेटमा रव होल्डिङले गोल गर्दै अग्रता दोब्बर पारे । होल्डिङले १० महिनापछि आर्सनलका लागि गोल गरेका हुन् । होल्डिङ चोटका कारण मैदान बाहिर रहेका थिए । ७७औं मिनेटमा जोसेफले हेक्टर बर्लिनको पासमा गोल गरे ।
८४औं मिनेटमा रेइस नेल्सनले गोल गर्दै आर्सनललाई फराकिलो जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयमा ग्याब्रियल मार्टिनेलीले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गर्दै आर्सनललाई ५–० को फराकिलो जित दिलाए । नथिङघमले भने कुनैपनि समय आर्सनलको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]
February 28, 2025
हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]