default_image

5 years ago

September 25, 2019

रोनाल्डोविना युभेन्टसको कठिन जित

83 views

0 Bookmark

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोविनाको युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा कठिन जित निकालेको छ । युभेन्टसले ब्रेसियाकै मैदानमा २–१ को कठिन जित निकालेको हो ।

ब्रेसियामा मंगलबार राति भएको खेलमा युभेन्टसले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । युभेन्टसको जितमा मिरालेम प्यानिचले गोल गरे । एक गोल उपहार पाएको थियो । घरेलु टोलीका अल्फ्रेडो डोनाररुम्माले गोल गरे ।

रोनाल्डो मांशपेशी चोटका कारण ब्रेसियाविरुद्धको खेलमा उपस्थित रहेनन् । खेलको चौथो मिनेटमा नै अल्फ्रेडोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४०औं मिनेटमा जोन चान्सेलरले आत्मघाती गोल गरेपछि युभेन्टस खेलमा फर्किएको थियो ।

६३औं मिनेटमा मिरालेम प्यानिचले गोल गरेपछि युभेन्टस खेलमा अघि बढेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–१ ले विजयी हुन सफल भयो । यसै खेलबाट सिरी ‘ए’ मा खेलेका मारिया बालाटेली युभेन्टसविरुद्ध मैदान उत्रिएपनि गोल गर्न सकेनन् । बालाटेली चार खेलको प्रतिबन्धपछि खेलमा फर्किएका थिए ।

जितसँगै युभेन्टस ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । युभेन्टसले एक खेल कम खेलेको इन्टर मिलानलाई एक अंकले पछि पारेको हो । पराजित ब्रेसिया ६ अंकसहति १२औं स्थानमा छ ।

February 28, 2025

एन्जिला ग्रिस फर्किइन्

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका‌ लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]

February 28, 2025

केपी ओली कप सेमिफाइनल – आर्मी र संकटा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपको फाइनल आज

हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]

Success

Thank you for your time.