5 years ago
September 24, 2019
एजेन्सी – लिभरपुलका रक्षक भर्जिल भान डाइकले अर्जेन्टिनी सुपर स्टार लियोन मेस्सीसँग आफ्नो तुलना गर्नु उपयुक्त नहुने बताएका छन् । भान डाइक र पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सोमबार मेस्सीले फिफा द बेस्ट अवार्ड जितेका छन् ।
अघिल्लो महिना भएको युइएफए अवार्ड भने मेस्सी र रोनाल्डोलाई पछि पार्दै भान डाइकले जितेका छन् । च्याम्पियनसिप लिग विजेता लिभरपुलका भान डाइक वर्षको उत्कृष्ट टोलीको सदस्य बनेका छन् । डच खेलाडी भान डाइकले हरेकले निर्णयको सम्मान गर्नुपर्ने पनि बताएका छन् ।
फिफाका सदस्य राष्ट्रका फुटबल टोलीका कप्तान, प्रशिक्षक र एक खेल पत्रकारको मतदानको आधारमा द वेष्ट अवार्ड विजेताको टुंगो लगाउने गरिन्छ । भान डाइक आफैंले पनि मेस्सीलाई पहिलो रोजाइमा मतदान गरेका थिए ।
‘जसले यसमा भाग लिएर मतदान गरे । हामीले त्यसको सम्मान गर्नुपर्दछ ,’ भान डायकले भने । उनले मेस्सीसँग आफ्नो तुलना गर्नु नहुने बताए । उनले हामी दुई नितान्त फरक खेलाडी हौं । उनले मेस्सीका साथ अवार्डका लागि मञ्चमा उभिनुलाई गर्वको क्षण भएको पनि बताए ।
‘ मलाई लाग्छ मेस्सी र मलाई तुलना गर्नु उपयुक्त हुन्न । किनकी हामी फरक खाले खेलाडी हौं,’ उनले थपे,‘म यो समारोहमा आउँदा निकै गौरव महसुस गरिरहेको छु ।’
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]
February 28, 2025
हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]