5 years ago
September 24, 2019
एजेन्सी – अर्जेन्टिना र बार्सिलोनाका सुपर स्टार लियोन मेस्सी गए राती फिफा द बेस्ट अवार्ड जिते । उनले लिभरपुलका भर्जिल भान डाइक र युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
द बेस्ट अवार्ड मेस्सीले जित्नु कतिका लागि आश्चार्यजनक पनि मानिएको छ । गत महिना युईएफए उत्कृष्ट खेलाडीको अवार्ड भान डाइकले जितेकाले द बेस्ट पनि उनले जित्ने कतिपयको अपेक्षा थियो । उता मिलानमा अवार्ड समारोह चलिरहँदा रोनाल्डो भने घर मै थिए । पोर्चुगिज सुपर स्टारलाई समारोहमा नदेख्दा कतिपय आश्चार्यमा परेका थिए ।
तर, उनी चोट कारण समारोहमा सहभागित नभएको बताइएको छ । युभेन्ट्सका प्रशिक्षक माउरिजियो सारीले पनि ३४ वर्षे स्टार मंगलबार ब्रेसियाविरुद्धको खेलमा उपलब्ध नहुने बताएका छन् । ‘ रोनाल्डोको मासंपेशीमा केहि समस्या छ ,’ उनले भने,‘ म चोटका कारण कुनै जोखिम उठाउन चाहन्न ।’
अवार्ड समारोह सकिएको १० मिनेटपछि नै रोनाल्डो सामाजिक सञ्जालमा सक्रिय भएका थिए । उनले इन्स्टाग्राममा फोटो अपलोड गरेका थिए । जसमा उनी किताब पढि रहेको र उनका छोरा जुनियर क्रिस्टियानो गृहकार्य गरिरहेका देखिन्छन् । उनले तस्बिर पोस्ट गर्ने क्रममा एक संदेश पनि लेखेका छन् । उक्त संदेशले फिफाको निर्णयप्रति इंगित गरिएको भन्दै रोनाल्डोमाथि विभिन्न टिप्पणी सामाजिक संजालमा देखिएको छ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]
February 28, 2025
हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]