5 years ago
September 24, 2019
एजेन्सी – बार्सिलोना एवं अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले यस वर्षको फिफा ‘द बेस्ट’ अवार्ड हात पारेका छन् । उनले निकटतम प्रतिन्द्वन्द्वी क्रिस्टियानो रोनाल्डो र भर्जील भान डाइकलाई पछि पार्दै यस सफलता हात पारेका हुन् ।
मेस्सीले यो उपाधि आफ्नो करीअरमा छैटौं पटक जितेका हुन् । यसअघि उनले २००९ देखि २०१२ सम्म लगातार र २०१५ मा जितेका थिए । गतवर्ष भने उनी शीर्ष ३ मा पनि परेका थिएनन् । मेस्सीले गतवर्ष बार्सिलोनालाई ला लिगा उपाधि दिलाउनुका साथै च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्याएका थिए । उनले यसक्रममा ५८ खेल खेल्दै ५४ गोल र २० असिस्ट दिएका थिए ।
मेस्सीले अवार्ड जितेपछि विशेष दिन रहेको भन्दै खुसी व्यक्त गरे । ‘मलाई यसको हकदार बनाउने सबैलाई धन्यवाद दिन चाहन्छु । मेरो लागि व्यक्तिगत उपाधि भन्दा टोलीको सफलता महत्त्वपूर्ण छ,’ उनले थपे, ‘ आज विशेष दिन हो । मेरो पत्नीसँगै छोराहरु पनि पहिलोपटक यहाँ आएका छन् । उनीहरुसँग यो खुसी बाँड्न पाउँदा निकै खुसी छु । उनीहरुलाई फुटबल एकदम मनपर्छ र लजाएर सबैलाई हेरिरहेका छन् ।’
यससँगै फिफाले प्रदान गर्ने यस अवार्ड मेस्सीले सर्वाधिक छैटौं पटक जितेका छन् । उनीपछि रोनाल्डोले ५ पटक र हाल रियल म्याड्रिडका प्रशिक्षक रहेका जिनेदिन जिदानले ३ पटक उपाधि हात परेका छन् ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]
February 28, 2025
हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]