default_image

5 years ago

September 23, 2019

भारतलाई रोक्दै बंगलादेश सेमिफाइनलमा

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत साविकको उपविजेता बंगलादेश समूह बी बाट सेमिफाइनल गर्ने पहिलो टोली बनेको छ ।

सोमबार हल्चोकस्थित एपीएफ मैदानमा भएको खेलमाउपाधिको बलियो दावेदार भारतलाई गोलरहित बराबरीमा रोक्दै बंगलादेशले अन्तिम ४ मा स्थान पक्का गरेको हो । यसअघि समूह बीको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । भारतको भने प्रतियोगितामा यो पहिलो खेल हो ।

यस नतिजासँगै बंगलादेशले २ खेलमा ४ अंक जोड्दै समूहको शीर्षस्थानमा स्थान बनाएको छ । भारत १ अंकसहित दोस्रो र श्रीलंका तेस्रो स्थानमा छ । भारतले अब यस समूहको अन्तिम खेलमा बुधबार श्रीलंकाको सामना गर्नेछ । भारतलाई अब समूह विजेता बन्न कम्तिमा ३ गोलको जित आवश्यक छ ।

प्रतियोगिताकै अर्को समूहमा भने नेपाल समूह चरणबाटै बाहिरिने संघारमा छ । उद्घाटन खेलमा माल्दिभ्ससँग १-१ को बराबरीमा रोकिएको नेपाल दोस्रो खेलमा भुटानसँग ३-० ले पराजित भएको थियो । मंगलबार हुने खेलमा भुटान र माल्दिभ्स भिड्नेछन् । माल्दिभ्सलाई सेमिफाइनल पुग्न बराबरी पर्याप्त छ भने भुटान अन्तिम चारमा प्रवेश गरिसकेको छ । भुटानले ३ वा सोभन्दा बढी गोलले माल्दिभ्सलाई पराजित गरे नेपालको पनि सम्भावना रहनेछ ।

February 28, 2025

केपी ओली कप सेमिफाइनल – आर्मी र संकटा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपको फाइनल आज

हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]

February 27, 2025

मेचीनगर गोल्डकप ८ टोलीको सहभागिता रहने

हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]

Success

Thank you for your time.