5 years ago
September 23, 2019
एजेन्सी – रियल म्याड्रिडका फरवार्ड करीम बेन्जेमाले आइतबार सेभिल्लाविरुद्ध खेलमा गोल गर्दै यस वर्ष गोल गर्ने सुचिमा बार्सिलोना कप्तान लिओनेल मेस्सीसँग बराबरी गरेका छन् ।
बेन्जेमाको एकमात्र गोलमा रियलले सेभिल्लालाई पराजित गर्दै लिगमा महत्त्वपूर्ण ३ अंक हासिल गरेको थियो । जिनेदिन जिदानका लागि पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका बेन्जेमाले उक्त गोलसँगै सन् २०१९ मा गोलसंख्या २० पुर्याएका छन् । उनीसँगै यस उपलब्धि हासिल गर्नेमा युरोपमा अन्य ४ खेलाडी रहेका छन् ।
मेस्सीले सिजनको सुरुवात चोटका कारण गुमाएपछि गोल गर्न सकेका छैनन् । गत साता च्याम्पियन्स लिगमा डर्टमुन्डविरुद्ध बेन्चबाट मैदान प्रवेश गरेका उनले लिगमा ग्रानडाविरुद्ध हार्दा पनि ४५ मिनेटमात्र खेले । उनले अब आउने खेलमा भने सुरुवाती रोजाईमा खेल्ने अपेक्षा गरिएको छ ।
मेस्सीभन्दा अगाडी यस सिजन म्यानचेस्टर सिटीका सर्जियो अगुएरोले २२ गोल गरेका छन् । उनी गोल गर्ने खेलाडीको शीर्षस्थानमा छन् । यसैगरी बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र पेरिस सेन्ट जर्मेन (पीएसजी) का किलियन एमबाप्पे पनि २१ गोल गर्दै शीर्ष ३ मा अटाएका छन् ।
स्पेनिस ला लिगामा गोल गर्ने सुचिमा बेन्जेमा भिल्लारियका जेरार्ड मोरेनोसँगै शीर्षस्थानमा छन् । दुवै खेलाडीले ५-५ गोल गरेका छन् । युरोपमा भने लेवान्डोस्कीले ९ तथा सर्जियो अगुएरोले ८ गोल गरेका छन् ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]
February 28, 2025
हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]