5 years ago
September 23, 2019
एजेन्सी – विश्व फुटबलको सर्वोच्च संस्था फिफाले आयोजना गर्ने वार्षिक अवार्ड समारोह ‘द बेस्ट’ अन्तर्गत विभिन्न विधामा आज अवार्ड वितरण हुँदैछ । यसपटक सबैको नजर पुरुष फुटबलतर्फ अवार्ड कसले जित्छन् भन्नेमा हुनेछ ।
पुरुषतर्फ अवार्डका लागि युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो, बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी र लिभरपुलका डच डिफेन्डर भर्जील भान डाइक प्रतिस्पर्धामा छन् । यसअघि आयोजित युरोपेली फुटबलको उत्कृष्ट खेलाडी अवार्डमा भान डाइकले रोनाल्डो र मेस्सीको चुनौती पन्छाएका थिए ।
भान डाइकले च्याम्पियन्स लिगको उपाधि जित्नुका साथै नेदरल्यान्ड्सलाई यूईएफए नेसन्स लिगको फाइनलमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । रोनाल्डोले युभेन्टसलाई लिग जिताउँदा लिगका सर्वोत्कृष्ट खेलाडी बन्नुका साथै पोर्चुगललाई यूईएफए नेसन्स लिगको उपाधि दिलाउन कप्तानी प्रदर्शन गरे । मेस्सीले ला लिगको उपाधि जित्नुका साथै युरोपेली गोल्डेन बुट जितेका थिए ।
यसैगरी महिलातर्फ ‘द बेस्ट’ अवार्डका लागि अमेरिकीद्वय मेगन रापीनो र एलेक्स मोर्गन तथा इंग्लिस खेलाडी लुसी ब्रोन्ज प्रतिस्पर्धा गर्दैछन् । रापीनो र मोर्गनले अमेरिकालाई विश्वकप उपाधि दिलाएका थिए । मोर्गनले भने विश्वकपमा सेमिफाइनल पुग्नुका साथै आफ्नो क्लब लियोनलाई लगातार चौथो युरोपेली उपाधि दिलाएकी थिइन् ।
प्रशिक्षकतर्फ इंग्लिस प्रिमियर लिगकै शत प्रतिशत प्रतिनिधित्व रहेको छ । अन्तिम तीन मनोनयनमा म्यानचेस्टर सिटीका पेप गुआर्डीओला, लिभरपुलका योर्गेन क्लोप र टोटेनहम हट्स्परका माउरिसियो पोचेटिनो प्रतिस्पर्धामा छन् । महिलातर्फ अमेरिकाकी जिल एलिस, इंग्ल्यान्डका फिल नेभिल र नेदरल्यान्ड्सकी सारिना विग्मन मनोनयनमा छन् ।
उत्कृष्ट गोलरक्षकमा ब्राजिलका दुई गोलरक्षक छन् । लिभरपुलका एलिसन र म्यानचेस्टर सिटीका एडरसनसँगै बार्सिलोनाका जर्मन गोलरक्षक मार्क आन्दर टेर स्टेगनले यस अवार्डका लागि प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ भने हेड्भिग लिन्दाल, क्रिस्टिन एन्डलर र सारी भान भेनेन्दाल मनोनयनमा छन् ।
पुस्कास अवार्डको मनोनयनमा लिओनेल मेस्सीले रियल बेटिसविरुद्ध गरेको गोललाई जुआन क्विन्टेरो र ड्यानीएल ज्सोरीले चुनौती दिएका छन् । फिफाले सार्वजनिक मतदानबाट फ्यान अवार्ड पनि वितरण गर्नेछ । समारोहमै विश्वका उत्कृष्ट ११ खेलाडी सम्मिलित फिफा विश्व ११ पनि सार्वजनिक हुनेछ । इटालीको मिलानमा हुने अवार्ड समारोह नेपाली समयअनुसार रातको ११:१५ बजे सुरु हुनेछ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]
February 28, 2025
हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]