5 years ago
September 22, 2019
एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फारकिलो जित निकालेको छ । घरेलु टोली बायर्नले १० खेलाडीमा समेटिएको कोलोग्नमाथि ४–० को फराकिलो जित निकालेको हो ।
बायर्नको फराकिलो जितमा फरवार्ड रोवर्ट लेवान्डोस्कीले दुई तथा फिलिपे कौटिन्हो र इभान पेरिसिसले समान एक गोल गरे । एलिनाज एरिनामा खेलको तेस्रो मिनेटमा नै रोवर्ट लोवान्डोस्कीले जोसुवा किम्मिचको पासमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० ले अघि बढाए ।
दोस्रो हाफमा बायर्नले ३ गोल गर्न सफल भयो । ४८औं मिनेटमा रोवर्टले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई सहज जिततर्फ अग्रसर गारए ।
५९औं मिनेटमा कोलोग्नीका किङ्सले इजिवु सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि बायर्नले त्यसको प्रत्यक्ष फाइदा उठायो ।
६२औं मिनेटमा फिलिपे कौटिन्होले गोल गरेपछि बायर्नले खेलमा ३–० को अग्रता लियो । कौटिन्होको बुन्डेस लिगामा पहिलो गोल हो । ७३औं मिनेटमा कौटिन्होको पासमा इभान पेरिसिसले गोल गर्दै बायर्नलाई ४–० को फराकिलो जित दिलाए ।
जितसँगै बायर्न ५ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित कोलोग्न ३ अंक जोडेर १६औं स्थानमा छ ।
यता, वेर्डर ब्रेमेनमाथि ३–० को सहज जित निकाल्दै आरबी लाइप्जिग बुन्डेस लिगाको शीर्षस्थानमा उक्लिएको छ । लाइप्जिग खेलको ६४औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।
कोनराड लेइमेर दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिएपनि त्यसले कुनै फरक परेन । लाइप्जिग ५ खेलबाट १३ अंक रहेको छ । पराजित ब्रेमेन ६ अंक जोडेर १०औं स्थानमा छ । लाइप्जिग जितमा विली उर्वान, मार्सेल सोविटजर र मार्सेलो साराचीले गोल गरे ।
February 28, 2025
हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]