5 years ago
September 22, 2019
एजेन्सी – मिलान डर्वीमा एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा इन्टर मिलानले एसी मिलानलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो ।
इन्टरको मार्सेलो ब्रोजोभिक र रोमेलु लुकाकुले गोल गरे । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि इन्टरले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो ।
४९औं मिनेटमा ब्रोजोभिकले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । उनले स्टेफानो सेन्सीको पासमा गोल गरेका थिए । ७८औं मिनेटमा रोमेलु लुकाकुले निकोलो बरेलाको पासमा गोल गर्दै इन्टर मिलानलाई २–० को जित दिलाए ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा कम मौका पाएपछि यसै सिजन इन्टर पुगेका रोमेलु लुकाकुले आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
जितसँगै इन्टर मिलान सिरी ‘ए’ मा शीर्षस्थानमा उक्लिएको छ । अपराजित इन्टर मिलानले ४ खेलबाट १२ अंक जोडेको छ । इन्टरले दोस्रो स्थानको युभेन्टसलाई २ अंकले पछि पारेको हो । पराजित मिलान ४ खेलबाट ६ अंक जोडेर नवौं स्थानमा छ ।
सिरी ‘ए’ को अन्य नतिजा
काग्लिएरीविरुद्ध जिनोआ (३–१)
उडिनेसीविरुद्ध ब्रेसिया (०–१)
युभेन्टसविरुद्ध हेलास भेरोना (२–१)
February 28, 2025
हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]