5 years ago
September 20, 2019
एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) र रियल म्याड्रिडबीच बुधबार च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेलका युएफसी च्याम्पियन खबिब नुर्मागोमेडोभले पूर्व फुटबल स्टार डेभिड बेकह्यामसँग भेट गरेका छन् । नुर्भागोमेडोभ र बेकह्याम दुवै उक्त खेलका विशेष अतिथि थिए । खेल सुरु हुनु अघि दुवैलेसँगै तस्बिर खिचाएका थिए ।
यूएफसी लाइट वेट च्याम्पियनले बेकह्यामसँगको आफ्नो तस्बिर इन्स्टाग्राममा पोष्ट गरेका थिए । उनले बेकह्याममा महान खेलाडीको संज्ञा दिएका थिए । नुर्भागोमेडोभ फुटबलका ठूला समर्थक हुन् । उनले सन् २०१८ मा रियल र रियल सोसिडाडबीचको खेल हेरेका थिए । त्यत्ति बेला क्रिस्टियानो रोनाल्डोले उनलाई जर्सी दिएका थिए ।
३० वर्षे रसियन स्टार स्वदेश फर्केर रसियन प्रिमियर लिगको टोली माखाचाकालालाई समर्थन गर्छन् । उनी अहिले घरेलु कोर्टमा हुने यूएफसीको तयारीमा छन् । हालैमात्र नुर्भागोमेडोभले दुवईमा भएको लाइट वेटको विश्व च्याम्प्यिनसिपमा अमेरिकी डस्टिन पोइरिसलाई हराएका थिए ।
February 23, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार एस्टन भिल्लाले चेल्सीलाई २-१ ले पराजित गरेको छ । अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भयो। घरेलुु टोली भिल्लाका लागि दुवै गोल मार्को असेन्सियोले गरे । चेल्सीका एन्जो फर्नान्डेजले गोल गरे । नवौं मिनेटमा फर्नान्डेजले गोल गरेपछि चेल्सी पहिलो हाफमा १-० अघि रह्यो। ५७औं मिनेटमा असेन्सियोले बराबरी गोल गरे । […]
February 23, 2025
एजेन्सी – स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतवार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे । खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे […]
February 22, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]