5 years ago
September 19, 2019
एजेन्सी – इंग्लिस क्लब म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । सिटीले युक्रेनी क्लब साख्त डोनेस्कमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो ।
युक्रेनमा बुधबार राति भएको खेलमा सिटीलाई सहज जित दिलाउन रियाद महारेज, इकेए गुन्डोगान र ग्याब्रियल जेससले गोल गरे ।
खेलको २४औं मिनेटमा सिटीले रियाद महारेजको गोलबाट अघि बढेको थियो । ३८औं मिनेटमा गुन्डोगोनले गोल गर्दै सिटीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
७६औं मिनेटमा ब्राजिली ग्याब्रियल जेससले गोल गर्दै सिटीलाई ३–० को जित सहज बनाए । सहज जितसँगै सिटीले समूह ‘सी’ मा ३ अंक जोडेको छ । साख्तर अंकविहीन छ ।
यही समूहको अर्काे खेलमा क्रोएसियाको डाइनामो जाग्रिवले इटालियन क्लब एटलान्टामाथि ४–० को शानदार जित निकालेको छ । जाग्रवको शानदार जितमा मिस्लभ ओरसिसले ह्याट्रिक पुरा गर्दा मारिन लियोभाक एक गोल थपे । जितसँगै जाग्रिव ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । एटलान्टा अंकविहीन हुदै पुछारमा छ ।
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]