default_image

5 years ago

September 19, 2019

दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्टस बराबरीमा

99 views

0 Bookmark

एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा इटालियन च्याम्पियन युभेन्टसले च्याम्पियन्स लिगको पहिलो खेलमा स्पेनको एट्लेटिको म्याड्रिडसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

युभेन्टस घरेलु टोलीसँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा सबै चार गोल सम्भव भएको थियो ।

वान्डा मेट्रो पोलिटानोमा बुधबार राति भएको खेलमा युभेन्टसले दोस्रो हाफमा शुरुमै जुवान कोर्डाडोको पासमा गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४८औं मिनेटमा कोर्डाडोले गोन्जलो हिगुआइनको पासलाई सदुपयोग गरेका थिए ।

६५औं मिनेटमा ब्लेइस म्याथुडीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारेको थियो । म्याथुडीले एलेक्स सान्द्रोको पासलाई सदुपयोग गरेका थिए । ७०औं मिनेटमा स्टेफन सेभिकले राहुल जिमिनेजको पासलाई सदुपयोग गर्दै घरेलु टोलीलाई २–१ को अन्तरमा ल्याउदै खेलमा फर्कने संकेत दिएका थिए । ९०औं मिनेटमा हेक्टर हेरेराले केइरन ट्रिपिएरको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याउदै १ युभेन्टसबाट १ अंक खोस्न सफल भए ।

यही समुहको अर्काे खेलमा लोकोमोटिभ मस्कोले बायर लिभरकुसेनमाथि २–१ को जित निकालेको छ । जितसँगै समूह ‘डी’ मा मस्को ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । एट्लेटिको र युभेन्टस समान १ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहँदा लिभरकुसेन अंकविहीन हुदै पुछारमा छ ।

February 27, 2025

मेचीनगर गोल्डकप ८ टोलीको सहभागिता रहने

हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

Success

Thank you for your time.