default_image

5 years ago

September 19, 2019

पीएसजीसँग रियालको लज्जास्पद हार

120 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग लज्जास्पद हार बेहोरेको छ ।

रियालले पीएसजीको मैदानमा ३–० को लज्जास्पद हार बेहोेरेको हो । रियाललाई हार चखाउन रियालकै पुर्व खेलाडी एन्जल डि मारियाले दुई तथा थोमस म्युनियरले एक गोल गरे । रियालका ग्यारेथ बेलले उत्कृष्ट गोल गरेपनि भिएआरको सहायताले मान्यता नपाउदा हार बेहार्न पुग्यो ।

पार्क डि प्रिन्सेसमा बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको १४औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लिएको थियो । जुवान बर्नाटको कट ब्याक पासमा मारियाले सुन्दर फिनिस गरेका थिए । ३२औं मिनेटमा ग्यारेथ बेलको फ्रिकिक पोस्टबाट थोरै बाहिरिदा बराबरीको सुन्दर मौका खेर फालेको थियो ।

३३औं मिनेटमा मारियाले व्यक्तिगत दोस्रो गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमौ २–० को अग्रत लिएको थियो । उनले इड्रिसा गाना गुयको पासमा सहजै गोल गरेका थिए । लगत्तै ग्यारेथ बेलले अविश्वनीय गोल गरेपनि भिएआरको सहायतामा गोलले मान्यता पाएन ।

पेनाल्टी बक्सभित्रैबाट बेलले गरेको भली प्रहार रेफ्री एन्थोनी टेलरले भिएआरमा चेक गर्दै बेलको हातमा लाग्दै गोल गरेको भन्दै गोललाई मान्यता दिएन । ४५औं मिनेटमा बेलले अर्काे सुन्दर मौका गुमायो ।

५९औं मिनेटमा पीएसजीका बर्नाटले गोलको सुन्दर मौका खेर फाले । ७७औं मिनेटमा करिम बेन्जेमाको गोलले पनि मान्यता नपाउदा रियालले गोल अन्तर घटाउन सकेन । ७८औं मिनेटमा बेन्जेमा अर्काे मौका खेर फाल्यो । तर, इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा थोमस म्युनियरले गोल गर्दै रियाललाई ३–० को लज्जास्पद हार चखाए ।

पीएसजी आफ्ना मुख्य खेलाडी नेयमार र एमबाप्पेविनै मैदान उत्रिदा चोटले थलिएको रियाल पनिआफ्नो मुख्य खेलाडीबिनै मैदान उत्रिएको थियो ।

जितसँगै पीएसजीले समूह ‘ए’ मा महत्वपुर्ण ३ अंक जोडेको छ । रियाल पुछारमा छ । यही समुहको अर्काे खेलमा गालाटासारे र क्लब ब्रगले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

February 27, 2025

मेचीनगर गोल्डकप ८ टोलीको सहभागिता रहने

हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

Success

Thank you for your time.