default_image

5 years ago

September 18, 2019

हाजार्ड पिएसजीविरुद्ध खेल्ने !

102 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध च्याम्पियनसि लिगअन्तर्गत समूह चरणको पहिलो खेलका लागि रियल म्याड्रिडका फरवार्ड इडन हाजार्ड खेल्ने प्रशिक्षक जिनेदिन जिदानले पक्का गरेका छन् ।

सय मिलियन युरोमा हाजार्ड चेल्सीबाट यहि सिजनको सुरुवातमा रियल पुगेका थिए । चोटबाट मुक्त भएपछि हाजार्डले पहिलो पटक गत साता रियलका लागि परिवर्तित खेलाडीका रुपमा खेलेका थिए । लेभान्टेविरुद्धको त्यो रियलले ३–२ ले जितेको थियो ।

मलाई लाग्छ उनी खेल्नका लागि तयार छन् । किनकी उनी प्रशिक्षणको पुरा सत्रमा सामेल भएका छन । हाजार्डबाट हामीले ठूलो अपेक्षा राखेको सबैलाई थाहा छ, जिदानले भने, उनी महत्वपूर्ण खेलाडी हुन् । उनको उपस्थितिले खेलमा फरक पर्दछ । त्यसका कारण उनी रियलमा छन् । भविष्यमा उनी हाम्रा लागि अर्थपूर्ण खेलाडी बन्नेछन् ।

रियलको सिजनको सुरुवाता सोचेअनुरुप राम्रो हुन सकेको छैन । ला लिगामा ४ खेलमा टोलीले २ खेलमा बराबरी गरेको छ । तेस्रो स्थानमा रहेको टोलीको ८ अंक छ । पिएसजीविरुद्धको खेलमा कप्तान सर्जियो रामोेस प्रतिबन्धमा छन् भने मिडफिल्डर लुका मोड्रिच र इस्को घाइते छन् ।

February 27, 2025

मेचीनगर गोल्डकप ८ टोलीको सहभागिता रहने

हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

Success

Thank you for your time.