5 years ago
September 18, 2019
एजेन्सी – अघिल्लो सिजन उच्च प्रदर्शन गरेको डच क्लब आयाक्सले नयाँ सिजनको युइएफए च्याम्पियन्स लिग फुटबलमा प्रभावशाली जित निकालेको छ ।
आयाक्सले घरेलु मैदानमा मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब लिलमाथि ३–० को प्रभावशाली जित निकालेको हो । आयाक्सको जितमा क्वीन्सी प्रोमिस, एड्सन अल्भारेज र निकोलस ट्याग्लियफिकोले गोल गरे ।
अघिल्लो सिजन उच्च प्रदर्शन गरेक केही मुख्य खेलाडीहरु गुमाएको आयाक्सले खेलको १८औं मिनेटमा प्रोमिसको गोलबाट अग्रता लिएको थियो । उनले निकोलसको उत्कृष्ट क्रस पासमा प्रोमिसले गोल गर्न सफल भएको थियो ।
पहिलो हाफमा १–० को अग्रता लिएको आयाक्सले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । ५०औं मिनेटमा डेभिड नेरेसका पासमा एड्सन अल्भारेजले गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए ।
६२औं मिनेटमा हाकिमी जियाचको पासमा निकोलसले गोल गर्दै घरेलु टोलीलाई ३–० को जित दिलाए । जितसँगै आयाक्सले समूह ‘एच’ मा ३ अंक जोडेको लिल पुछारमा छ ।
आयाक्सले अघिल्लो सिजन अविश्वनिय प्रदर्शन गर्दै सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो ।
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]