5 years ago
September 17, 2019
विश्व फुटबलको सर्वश्रेष्ठ क्लब प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग आजदेखि सुरु हुँदैछ । युरोपका विभिन्न देशबाट शीर्ष ३२ टोलीहरु च्याम्पियन्स लिगका लागि छनोट भएका हुन् । गत सिजन लिभरपुलले इंग्ल्यान्डकै टोटेनहम हट्स्परलाई फाइनलमा २-० ले पराजित गर्दै उपाधि जितेको थियो ।
यस सिजन लिभरपुलसँगै इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी, स्पेनिस महारथी रियल म्याड्रिड, फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र बार्सिलोनालाई उपाधि दाबेदारको रुपमा हेरिएको छ । रियल र पीएसजी एकै समूहमा पर्नुले पनि प्रतियोगिता समूह चरणदेखि नै प्रतिस्पर्धाताम्क रहने अपेक्षा गरिएको छ ।
समूह विभाजन
समूह ‘ए’ : पेरिस सेन्ट जर्मेन (पीएसजी), रियल म्याड्रिड, क्लब ब्रुज, गालाटासारे
समूह ‘बी’ : बायर्न म्युनिख, टोटेनहम हट्सपर, ओलम्पियाकोस, रेड स्टार बेलग्रेड (सेर्भेन जेभेद्जा)
समूह ‘सी’ : म्यानचेस्टर सिटी, शाख्तार डोनेस्क, डिनामो जाग्रेब, एटलान्टा
समूह ‘डी’ : युभेन्टस, एटलेटिको म्याड्रिड, बायर लेभरकुसन, लोकोमोटीभ मस्को
समूह ‘ई’ : लिभरपुल, नेपोली, एफसी साल्जबर्ग, गेन्क
समूह ‘एफ’ : बार्सिलोना, बोरुसिया डर्टमुन्ड, इन्टर मिलान, स्लाभिया प्राहा
समूह ‘जी’ : जेनिट सेन्ट पिटर्सबर्ग, बेन्फिका, ओलम्पिक लियोन, आरबी लाइप्जिग
समूह ‘एच’ : चेल्सी, आयाक्स, भ्यालेन्सिया, लोस्क लिल
नेपाली समयअनुसार पहिलो साताको खेल :
मंगलबार रातको १०:४० बजे – समूह एफ – मिलान – इन्टर मिलान विरुद्ध स्लाभिया प्राहा
मंगलबार रातको १०:४० बजे – समूह जी – डेसिनेस – लियोन विरुद्ध जेनिट
बुधबार विहान १२:४५ बजे – समुह ई – नेपल्स – नेपोली विरुद्ध लिभरपुल
बुधबार विहान १२:४५ बजे – समुह ई – साल्जबर्ग – साल्ज्बर्ग विरुद्ध जेन्क
बुधबार विहान १२:४५ बजे – समुह एफ – डर्टमुन्ड – बोरुसिया डर्टमुन्ड विरुद्ध बार्सिलोना
बुधबार विहान १२:४५ बजे – समुह जी – लिस्बन – बेन्फिका विरुद्ध लाइप्जिग
बुधबार विहान १२:४५ बजे – समुह एच – लन्डन – चेल्सी विरुद्ध भ्यालेन्सिया
बुधबार विहान १२:४५ बजे – समुह एच – आम्सटरडाम- आयाक्स विरुद्ध लोस्क लिल
बुधबार राती १०:४० बजे – समुह ए – ब्रुजेस – क्लब ब्रुज विरुद्ध गालाटासरे
बुधबार राती १०:४० बजे – समुह बी – पिराएस -ओलाम्पियाकोस विरुद्ध टोटेनहम
बिहिबार विहान १२:४५ बजे – समूह ए – पेरिस – पीएसजी विरुद्ध रियल म्याड्रिड
बिहिबार विहान १२:४५ बजे – समूह बी – म्युनिख – बायर्न म्युनिख विरुद्ध रेड स्टार बेलग्रेड
बिहिबार विहान १२:४५ बजे – समूह सी – जाग्रेब – डिनामो जाग्रेब विरुद्ध एटलान्टा
बिहिबार विहान १२:४५ बजे – समूह सी – खार्किभ – शाख्तर डोनेस्क विरुद्ध म्यानचेस्टर सिटी
बिहिबार विहान १२:४५ बजे – समूह डी – लेभरकुसेन – लेभरकुसेन विरुद्ध लोकोमोटिभ मस्को
बिहिबार विहान १२:४५ बजे – समूह डी – म्याड्रिड – एटलेटिको म्याड्रिड विरुद्ध युभेन्टस
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]