default_image

5 years ago

September 17, 2019

रियाललाई चौटै चोट, मार्सेलो पनि थपिए

143 views

0 Bookmark

एजेन्सी – युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन शुरु हुनै लाग्दा च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली स्पेनिस महारथी रियाल म्याड्रिडलाई चोटै चोट पिरोलेको छ ।

बुधबार समूह ‘ए’ मा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध खेल्नु अघि भरपर्दा लेफ्ट ब्याक ब्राजिली मार्सेलोलाई पनि गुमाउने पक्का भएपछि रियालमा चोटको समस्या थप बल्झिएको हो । रियालले बुधबार पीएसजीसँग खेल्दै नयाँ सिजनको च्याम्पियन्स लिग सुरुवात गर्दैछ ।

मार्सेलोलाई ब्याक स्ट्रेन भएको क्लबले उल्लेख गरेको छ । सोमबार क्लबको मेडिकल टोलीले गरेको परीक्षणमा मार्सेलोलाई पोस्ट–ट्रोउम्याटिक सेर्भिकोडर्सलको समस्या रहेको र उनले पीएसजीविरुद्धको खेल गुमाउने पक्का भएको क्लबले उल्लेख गरेको छ । मार्सेलोको अनुपस्थितिमा १३ पटकको युरोपेली च्याम्पियन रियालले पीएसजीविरुद्ध यसै सिजन क्लबमा अनुबन्ध भएका फरल्यान्ड मेन्डीलाई मौका दिन सक्नेछ ।

रियालका इस्को, लुका मोड्रिच, मार्काे एसेन्सो र फेडे भालभेर्डेले चोट बोकेका छन् । कप्तान सर्जियो रामोस र नाचो फर्नान्डेज प्रतिबन्धमा छन् । लगातार तीन पटकको च्याम्पियन रियाल गतवर्ष प्रि–क्वाटरफाइनलमा आयाक्ससँग पराजित हुदै बाहिरिएको थियो ।

February 27, 2025

मेचीनगर गोल्डकप ८ टोलीको सहभागिता रहने

हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

Success

Thank you for your time.