5 years ago
September 16, 2019
एजेन्सी – इंग्लिस क्लब आर्सनलबाट लोनमा रोमा पुगेको हेनरिक मिखटारियनले डेब्यु गोल गरेपछि रोमाले इटालियन सिरी ‘ए’ फुटबलमा ससुलोमाथि ४–२ को सहज जित निकालेको छ ।
घरेलु मैदानमा रोमाको जितमा मिखटारियनसँगै ब्रायन क्रिसटान्टे, इडेन जेको र जस्टिन क्लुभर्टल गरे । ससुलोका डोमिनिको बेराडीले दुवै गोल गरे । रोमाले पहिलो हाफमा ४–० को आरामदायी अग्रता बनाउदा दोस्रो हाफमा दुई गोल बेहोरेको थियो ।
खेलको १२औं मिनेटमा ब्रायनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । १९औं मिनेटमा जेकोले अग्रता दोब्बर पार्दा २२औं मिनेटमा हेनरिक मिखटारियानले गोल गर्दै रोमालाई ३–० को अग्रता दिलाए ।
३३औं मिनेटमा जस्टिनले गोल गरेपछि रोमाले पहिलो हाफमै फराकिलो अग्रता लिन सफल भएको थियो । रोमाको चार गोलमध्ये तीन गोलमा लोरेन्जो पेलिग्रिनीले असिस्ट प्रदान गरेका थिए । दोस्रो हाफमा डोमिनिको बेराडीले ५३ र ७२औं मिनेटमा गोल गरेपनि ससुलोको हार टार्न सकेन ।
जितसँगै रोमा ३ खेलबाट ५ अंक जोडेर आठौं स्थानमा रहेको छ । ससुलो ३ अंकसहति १२औं स्थानमा छ ।
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]