5 years ago
September 16, 2019
एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले संघर्षपुर्ण जित निकालेको छ । मिलानले हेलास भेरोनालाई उसकै मैदानमा १–० को जित निकालेको हो ।
निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा मिलानलाई जिताउन क्रिस्टोफ पियाटिकले दोस्रो हाफमा पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो ।
दुवै टोलीले १० खेलाडीमा समेटिएर खेल अन्त्य गरेको थियो । खेलको २१औं मिनेटमा मारियस स्टेपिन्स्की सिधै रातो कार्ड खादै मैदानमाबाट बाहिरिएको थियो । तर, मिलानले त्यसको फाइदा उठाउन निकै संघर्ष गर्नुपरेको थियो ।
खेलको अन्त्यतिर मिलानका डेभिड कालाब्रिया पनि सोझै रातो कार्ड खादै मैदानबाट बाहिरिदा दुवै टोली १० खेलाडीमा समेटिएको थियो ।
महत्वपुर्ण जितसँगै मिलान ३ खेलबाट ६ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । पराजित भेरोना ४ अंकसहति ११औं स्थानमा छ ।
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]