5 years ago
September 15, 2019
एजेन्सी – जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले प्रभावशाली जित निकाल्दा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख बराबरीमा रोकिएको छ । घरेलु मैदान सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा डर्टमन्डले बायर लिभरकुसेनलाई ४–० ले पराजित गरेको हो ।
डर्टमन्डको प्रभावशाली जितमा कप्तान मार्काे रिउसले दुई तथा पाको अल्कासेर र राफेल गुरेरोले गोल गरे । खेलको २८औं मिनेटमा पाको अल्कासेरको गोलमा घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले अचरफ हाकिमीको पासलाई सदुपयोग गरेका थिए ।
५०औं मिनेटमा कप्तान मार्काे रिउसले गोल जाडोन सान्चोको पासमा गोल गर्दै डर्टमन्डको अग्रतो दोब्बर बनायो । ८३औं मिनेटमा राफेल गुरेरोले गोल गरेपछि डर्टमन्ड खेलमा ३–० ले अघि बढ्यो । इन्ज्युरी समयमा रिउसले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमन्डलाई ४–० को प्रभावशाली जित दिलाए ।
जितसँगै डर्टमन्ड ४ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । डर्टमन्ड शीर्षस्थानको आरबी लेइपजिगसँग १ अंक पछि छ । पराजित लिभरकुसेन ७ अंक जोडेर छैटौ स्थानमा छ ।
यता, साविकको विजेता बायर्न म्युनिखले आरबी लेइपजिगसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । बायर्नले खेलमा शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा अंक बाड्न बाध्य बनेको हो । खेलको तेस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलमा अग्रता लिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इमिल फोसवर्गले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।
बराबरीसँगै बायर्नले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । बायर्न ४ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा छ । आरबी लेइपजिग समान ४ खेलबाटै १० अंक जोडेर शीर्षस्थानमा रहेको छ ।
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]