5 years ago
September 15, 2019
एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा साविकको विजेता युभेन्टस बराबरीमा राकिएको छ । युभेन्टस घरेलु टोली फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा रोकिदा अंक बाड्न पुग्यो । युभेन्टसका गोलरक्षक वजसिएच स्केजजेस्नीले उच्च प्रदर्शन गर्दै सम्भावित हार टारेका थिए । १५औं मिनेटमा घरेलु टोलीका फेडरिको चिसाको प्रहार युभेन्टसका गोलरक्षकले मुस्किले बचाएका थिए ।
३१औं मिनेटमा फ्रान्क रिवेरीको प्रहार पनि गोलरक्षक वजसिएचले बचाए । ४१औं मिनेटमा डालबर्टको प्रहार गोलरक्षक वजसिएचले मुस्किलले बचाउदै सम्भावित गोल टारेका थिए ।
५३औं मिनेटमा वजसिएचले अर्काे प्रहार विफल पारेका थिए । ८५औं मिनेटमा रोनाल्डोले गोलको सुन्दर मौका खेर फाल्दा युभेन्टसले अग्रता लिनबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल गोलरहित बराबरीमा सकियो ।
बराबरीसँगै युभेन्टसले शीर्षस्थानको इन्टर मिलानसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । युभेन्टसको ३ खेलबाट ७ अंक छ । फियोरेन्टिना १ अंक जोडेर १६औं स्थानमा छ ।
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]