5 years ago
September 15, 2019
एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले रियल सोसिडाडसँग हार बेहोरेको छ । एट्लेटिको घरेलु टोली रियल सोसिडाडसँग २–० ले पराजित भएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि घरेलु टोलीले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो ।
५८औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि नै नाचो मोनरियलले गोल गर्दै रियल सोसिडाडको २–० को जित सुनिश्चित गरे । ला लिगामा एट्लेटिकोको यो पहिलो हार हो ।
जितसँगै सोसिडाड ४ खेलबाट ७ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित एट्लेटिको समान ४ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । एट्लेटिकोलाई शहरी प्रतिद्धन्द्धी रियाल म्याड्रिडले पछ्याइरहेको छ । रियालको ८ अंक छ ।
एथ्लेटिको र मलोर्काले गोलरहित बराबरी खेल्दै अंक बाँडे । अर्काे खेलमा भिल्ला रियालले लेगानेसलाई ३–० ले पराजित गर्दै ३ अंक जोडे ।
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]