default_image

5 years ago

September 15, 2019

सुआरेजको दुई गोलमा बार्सिलोनाको प्रभावशाली जित

75 views

0 Bookmark

एजेन्सी – फरवार्ड लुइस सुआरेजले दुई गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि ५–२ को सानदार जित निकालेको छ ।

घरेलु मैदान नोउक्याम्पमा शनिबार राति भएको बार्सिलोनाको प्रभावशाली जितमा युवा मिडफिल्डर अंशुमाने फाती, फ्रान्की डि जोङ र जेरार्ड पिकेले गोल गरे । भ्यालेन्सियाका केभिन गेमेरियो र म्याक्सिमिलियानो गोमेजले गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै युवा मिडफिल्डर फातीको गोलबाट बार्सिलोना खेलमा अघि बढेको थियो । उनले फ्रान्की डि जोङको पासमा गोल गरेका थिए । सातौ मिनेटमा अघिल्लो गोलमा असिस्ट गरेका डि जोङले फातीको पासमा गोल गर्दै अग्रता दोब्बर बनायो ।

२७औं मिनेटमा केभिन गेमेरियोले गोल गर्दै अग्रता २–१ मा झारे । ५१औं मिनेटाा पिकेले गोल गर्दै घरेलु टोलीलाई ३–१ को अग्रता दिलाए । ६१औं मिनेटमा सुआरेजले गोल गरेपछि बार्सिलोना फराकिलो जिततर्फ अग्रसर बन्यो ।

८२औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । तर, खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा म्याक्सिमिलियानो गोमेजले गोल गर्दै अग्रता घटाएपनि बार्सिलोना ५–२ ले विजयी हुन सफल भयो ।

प्रभावशाली जितसँगै बार्सिलोना ४ खेलबाट ७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । भ्यालेन्सिया ४ अंक जोडेर १४औं स्थानमा छ ।

February 27, 2025

मेचीनगर गोल्डकप ८ टोलीको सहभागिता रहने

हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

Success

Thank you for your time.