5 years ago
September 15, 2019
एजेन्सी – डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी नर्विच सिटीसँग स्तब्ध बनेको छ । सिटी यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नर्विचसँग ३–२ ले स्तब्ध बनेको हो ।
सिटीलाई स्तब्ध बनाउन केन्नी म्याकलिन, टोड क्यान्टवेल र टिमु पुक्कीले गोल गरे । सिटीका लागि सर्जियो अगुइरो र रोड्रिले गोल फर्काए ।
क्यारो रोड नर्विचमा भएको खेलमा घरेलु टोलीले खेलको १८औं मिनेटमा इमिलियानोको पासमा केन्नीको गोलबाट अग्रता लिएको थियो ।
२८औं मिनेटमा टोड क्यान्टेवलले पुक्कीको पासमा गोल गर्दाै शुरुवाती ३० मिनेटभित्र डिफेन्डिङ च्याम्पियनविरुद्ध २–० को अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा अगुइरोले बर्नाडो सिल्भाको पासमा गोल गर्दै सिटीलाई खेलमा फर्काउने संकेत दिएका थिए ।
दोस्रो हाफको शुरुमै टिमु पुक्कीले इमिलियानोको पासमा गोल गर्दा घरेलु टोलीले ३–१ को अग्रता लियो । ८८औं मिनेटमा रोड्रिले जेससको पासमा गोल गरेपनि सिटीले २–३ को हार बेहो¥यो ।
प्रिमियर लिगमा सिटीको यो पहिलो हार । हारपछि पनि सिटी १० अंक जोडेर दोस्रो स्थानमा छ । सिटी शीर्षस्थानको लिभरपुलभन्दा ५ अंकले पछि परेको छ । दोस्रो जित निकालेको नर्विच ६ अंकसहति १२औं स्थानमा छ ।
प्रिमियर लिगको अन्य खेलको नतिजा
ब्राइटनविरुद्ध बर्नली (१–१)
म्यानचेस्टर युनाइटेडविरुद्ध लेस्टर (१–०)
सेफिल्ड युनाइटेडविरुद्ध साउथह्याम्पटन (०–१)
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]
February 27, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुल २८ खेलमा ६७ अंक पुगेको […]