default_image

5 years ago

September 15, 2019

इन्ज्युरी समयमा नेयमारको गोलमा पीएसजी विजयी

69 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा ब्राजिली सुपरस्टार फरवार्ड नेयमारले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा संघर्षपुर्ण जित निकालेको छ ।

घरेलु मैदानमा स्टार्सवर्गविरुद्ध बराबरीतर्फ धकेलिएको खेलमा नेयमारले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई १–० को संघर्षपुर्ण जित दिलाएको हो ।

नेयमार यसै खेलबाट यो सिजन पीएसजीको टोलीमा समेटिएको थियो । समर ट्रान्सफरमा नेयमार स्पेनिस क्लब बार्सिलोना र रियाल म्याड्रिडमा जाने चर्चा चलेपछि पीएसजीले नेयमारलाई टिम बाहिर राखेको थियो । तर, पुनरागमन खेलमै नेयमारले गोल गर्दै पीएजसीलाई जित दिलाए ।

स्टार्सवर्गमाथि बल पोजेसनमा पकड राखेपनि पीएसजीले गोलका लागि निकै मिहनेत गर्नुपरेको थियो । स्टार्सवर्गको पोस्टमा पीएसजीले १६ आक्रमण बुनेपनि गोल गर्न सकेको थिएन ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा नेयमारको अर्काे गोल गरेपनि भिडियो एसिस्टेन्ट रेफ्री –भिएआर) को सहायतामा नेयमारको गोलले मान्यता पाएन । भिएआरले नेयमार अफसाइड रहेको देखाएको थियो ।

संघर्ष र महत्वपुर्ण जितसँगै पीएसजीले लिग वानमा ५ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । स्टार्सवर्ग ३ अंक जोडेर १८औं स्थानमा छ ।

February 27, 2025

मेचीनगर गोल्डकप ८ टोलीको सहभागिता रहने

हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

Success

Thank you for your time.