5 years ago
September 15, 2019
एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको दुई गोल सहयोगमा टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ ।
टोटेनहम हस्टपर स्टेडियम लन्डनमा भएको खेलमा घरेलु टोलीले क्रिस्टल प्यालेसमाथि ४–० को फराकिलो जित निकालेको हो । सबै गोल पहिलो हाफमा सम्भव भएको थियो । एक गोल इरिक लमेलाले थप्दा एक गोल उपहाकार पाएको थियो ।
खेलको १०औं मिनेटमा सनको गोलमा टोटेनहम खेलमा अघि बढेको थियो । २१औं मिनेटमा प्याट्रिक भान आनहल्टले आत्मघाती गोल गरेपछि टोटेनहम खेलमा २–० ले अघि बढेको थियो । त्यसको दुई मिनेट पछि नै सनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटेनहमले ३–० को अग्रता लियो ।
४२औं मिनेटमा इरिक लमेलाले गोल गरेपछि टोटेनहम पहिलो हाफमा ४–० ले अघि बढ्यो । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको चार गोल नै टोटेनहमको जितमा पर्याप्त बन्यो ।
जितसँगै टोटेनहम ५ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित प्यालेस ७ अंक जोडेर ११औं स्थानमा छ ।
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]
February 27, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुल २८ खेलमा ६७ अंक पुगेको […]