default_image

5 years ago

September 14, 2019

लिभरपुलको निरन्तर उच्च प्रदर्शन

88 views

0 Bookmark

एजेन्सी– लिभरपुलले प्रिमियर लिगमा उच्च प्रदर्शनलाई जारी राखेको छ । शनिबार उत्कृष्ट पुनरागनका साथ घरेलु मैदानमा न्युक्यासललाई ३–१ ले हराएको छ । टोलीको जितमा साडियो मानेले २ तथा मोहम्मद सालहले १ गोल गरे । न्युक्यासलका लागि जेत्रो विलिम्सले गोल गरेका थिए ।

खेलमा न्युक्यासलले सुरुवाती अग्रता लिएको थियो । सातौं मिनेटमा क्रिस्यिन एस्टुको पासमा विलिम्सले गोल गरेका थिए । तर, मानेले २८ औं मिनेटमा मानेले बराबरी गोल फर्काए । उनले एन्ड्रियू रोर्बेटसनको पासमा गोल गरेका हुन् ।

मानेले ४० औं मिनेटमा अर्को गोल थपेपछि पहिलो हाफमा लिभरपुल २–१ ले अगाडि रहेको थियो । रोबेर्टो फर्मिनोको पासमा साहालले गोल गरेका थिए । ५ खेलमा शत प्रतिशत नतिजा निकालेको लिभपुर १५ अंकसहित शीर्षस्थानमा रहेको छ ।

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

February 27, 2025

लिभरपुल र सिटीको जित

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुल २८ खेलमा ६७ अंक पुगेको […]

Success

Thank you for your time.