5 years ago
September 14, 2019
एजेन्सी– खेलाडीहरुको चोटका कारण दबाबमा रहेको रियल म्याड्रिडले शनिबार ला लिगामा सफलता हासिल गरको छ । टोलीले घरेलु मैदानमा लेभान्टेलाई ३–२ ले पराजित गरेको छ ।
पहिलो हाफमै ३–० को अग्रता बनाएको रियलले दोस्रो हाफमा भने २ गोलको सामना गरेको थियो । रियलका लागि पहिलो हाफमै करिम बेन्जिमाले २ र कासिमारोले गोल गरेका थिए । लेभान्टेका लागि ब्रोजा मायोरा र गोन्जालो मेलेरोले गोल गरेका थिए ।
२५ औं मिनेटमा पहिलो गोल गरेका बेन्जिमाले अर्को गोल ३१ औं मिनेटमा गरेका थिए । कासिमाराले ४० औं मिनेटमा गोल गरेपछि रियल पहिलो हाफमै बलियो अवस्थामा पुगेको थियो । तर, मायोरालले दोस्रो हाफको चौथो मिनेटमा गोल फर्काृउँदै रियलमाथि दबाब बढाए ।
खेल सकिन १५ मिनेट बाँकी रहँदा मेलेरोले गोल थपेपछि रियल केहि दबाबमा परेको थियो । तर, त्यसपछि भने कुनै गोल भएन र रियल नयाँ सिजनमा दास्रो जित निकाल्न सफल भयो ।
४ खेलको समाप्तीमा २ जित र २ बराबरी खेलेको रियल ८ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । ३ खेलमा शतप्रतिशत ९ अंकका साथ एट्लेटिको म्याड्रिड शीर्षस्थानमा छ । साविक विजेता बार्सिलोना ४ अंकका साथ आठौं स्थानमा छ ।
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]