5 years ago
September 14, 2019
एजेन्सी – पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले लिओनेल मेस्सीविरुद्ध आफ्नो टोली तयार पार्दा आफू प्रशिक्षकका रुपमा अझै राम्रो बन्न सकेको बताएका छन् ।
मोउरिन्होले स्पेनिस लिगमा रियल म्याड्रिडको जिम्मेवारी सम्हाल्दा बार्सिलोना मुख्य प्रतिद्वन्द्वीको रुपमा रहेको थियो । त्यसक्रममा मोउरिन्होले मेस्सीलाई रोक्न विभिन्न रणनीति तयार पार्ने गरेका थिए । मेस्सीविरुद्ध रियल म्याड्रिड बाहेकमा पनि मोउरिन्होले सामना गरेका छन् । उनले मेस्सीजस्ता खेलाडीले उनलाई प्रशिक्षकको रुपमा थप राम्रो बन्न सहयोग गरेको बताएका छन् ।
‘ मैले सधैं आफूले प्रशिक्षण दिएका खेलाडीलाई धन्यवाद भन्ने गरेको छु । र जो मैले प्रशिक्षण नदिएका खेलाडी छन् र मेरो विरुद्ध खेलेका छन्, उनीहरुलाई पनि धन्यवाद भन्नुपर्छ,’ मोउरिन्होले थपे, ‘ उदाहरणका लागि मेस्सीले मेरो टोलीबाट कहिल्यै खेलेनन् । तर उनले मलाई उनको विरुद्ध रणनीति बुन्दाबुन्दै राम्रो प्रशिक्षक बनाए । मेस्सीसँगै मैले सामना गरेका अन्य खेलाडीमा पनि यहि लागु हुन्छ ।’
मोउरिन्होले सन् २०१० देखि २०१३ को बिचमा रियलको जिम्मेवारी सम्हालेका थिए । उनले यसक्रममा एक ला लिगा, एक कोपा डेल रे र एक पटक स्पेनिस सुपर कप मात्र जितेका थिए । रियलपछि पुरानो क्लब चेल्सी फर्केका मोउरिन्हो म्यानचेस्टर युनाइटेडमा पनि २ वर्ष प्रशिक्षक रहे । उनी गत सिजनदेखि कुनै क्लबमा आबद्ध छैनन् ।
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]