default_image

5 years ago

September 14, 2019

हाजार्ड रियलको टोलीमा समावेश

89 views

0 Bookmark

एजेन्सी – बेल्जियन विंगर इडेन हाजार्ड स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने लेभान्तेविरुद्ध खेलका लागि रियल म्याड्रिडको टोलीमा समेटिएका छन् । रियलले शनिबार नेपाली समयअनुसार दिउँसो ४:४५ बजे लेभान्तेसंग खेल्दैछ ।

चोटका कारण सुरुवाती खेलहरु गुमाएका हाजार्डले अन्तर्राष्ट्रिय ब्रेकमा पनि विश्राम लिएका थिए । हाजार्डले रियलका लागि प्रतिस्पर्धात्मक खेलमा डेब्यु गरेका छैनन् । लेभान्तेविरुद्ध खेलमा उनी पहिलो रोजाइमा नै खेल्ने प्रबल सम्भावना रहेको छ । मिडफिल्डका खेलाडीहरु घाइते हुनुले पनि हाजार्ड पहिलो रोजाइमा खेल्दा थप जिम्मेवार हुनुपर्ने देखिएको छ ।

हाजार्डसँगै रियलको आक्रमणमा करीम बेन्जेमा र लुका जोभिच साथमा हुनेछन् । जोभिचले पनि चोटबाट पुनरागमन गर्दैछन् । राष्ट्रिय टोलीबाट खेल्दा सामान्य चोट बोकेपनि उनी टोलीमा समेटिएका छन् । यधपी मिडफिल्डर इस्को, मोड्रीच र भालभेर्डे चोटका कारण उपस्थित रहने छैनन् । मध्यक्रममा क्यासेमिरो, टोनी क्रुस र हामेस रोड्रीग्वेज मात्र फिट रहेका छन् ।

विंगर ग्यारेथ बेल अघिल्लो खेलमा रातो कार्ड पाएका कारण यस खेलका लागि उपलब्ध छैनन् । युवा ब्राजिलियन भिनिसियस जुनियर  र रोड्रीगो टोलीमा रहेका छन् । यीमध्य एकले सुरुवाती रोजाइमा खेल्ने प्रबल सम्भावना रहेको छ । जिदानले नयाँ गोलरक्षक अल्फोन्स अरिओलालाई पनि टोलीमा समेटेका छन् ।

लेभान्तेविरुद्ध रियलको १९ सदस्यीय टोली:

गोलरक्षक : थिबाउट कोर्तुवा, अल्फोन्स अरिओला, अल्तुबे

डिफेन्डर : ड्यानी कार्भाजल, इडर मिलिसाओ, सर्जियो रामोस, राफेल भाराने, नाचो फर्नान्डेज, मार्स्लो, फर्लान्ड मेन्डी

मिडफिल्डर : टोनी क्रुस, क्यसेमिरो, हामेस रोड्रीग्वेज

फरवार्ड : इडेन हाजार्ड, करीम बेन्जेमा, लुकास भाज्केज, लुका जोभिच, भिनिसियस जुनियर, रोड्रीगो

February 27, 2025

मेचीनगर गोल्डकप ८ टोलीको सहभागिता रहने

हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

Success

Thank you for your time.