default_image

5 years ago

September 17, 2019

गोलरक्षक डे गेया म्यानचेस्टरमै रहने

117 views

0 Bookmark

एजेन्सी – स्पेनिस गोलरक्षक डेविड डे गेयाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा सम्झौता नवीकरण गरेका छन् । युनाइटेडका पहिलो रोजाइका गोलरक्षक गेयाले युनाइटेडमा ४  वर्ष लामो सम्झौता नवीकरण गरेका हुन् ।

अब उनी २०२३  जुनसम्म युनाइटेडमा रहनेछन् । उनको क्लबमा एक सिजनमा करसँगै १३.३ मिलियन पाउन्ड वृद्धि हुनेछन् । जुन युनाइटेडमा गोलरक्षकको लागि खर्चिएको सबैभन्दा धेरै रकम हो । यससँगै डेविड युनाइटेडका सर्वाधिक महँगा तथा गोलरक्षकमा सबैभन्दा महँगा खेलाडी बनेका छन् ।

डेविडलाई अनुबन्ध गर्न स्पेनिस क्लब रियल म्याड्रिड, फ्रेन्च पेरिस सेन्ट जर्मेन (पीएसजी) र इटालियन क्लब युभेन्टसले पनि प्रयास गरेका थिए । तर, डेविडले युनाइटेडमै सम्झौता नवीकरण गरे ।

प्रशिक्षक ओले गनर सोल्सजरले डेभिडले क्लबमा सम्झौता नवीकरण गर्नेमा विश्वस्त रहेको र त्यो पुरा भएको बताएका छन् । सन् २०११ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट युनाइटेड आएका २८ वर्षे गोलरक्षक डे गेयाले युनाइटेडमा उच्च प्रदर्शन गर्दै ३६७ खेलमा १३० क्लिन सिट राखेका छन् । गेयाले युनाइटेडबाट १ प्रिमियर लिग, १ एफए कप, १ लिग कप र १ युरोपा लिग जितेका छन् ।

February 27, 2025

मेचीनगर गोल्डकप ८ टोलीको सहभागिता रहने

हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

Success

Thank you for your time.