5 years ago
September 13, 2019
एजेन्सी – दुई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब बेन्फिकाका युवा डिफेन्सिभ मिडमिल्डर फ्लोरेन्टिनो लुईसलाई अनुबन्ध गर्ने तयारी थालेका छन् । उनको मिडफिल्डमा जताततै पुग्ने क्षमताले उनको उपनाम नै अक्टोपस रहन गएको छ ।
युनाइटेडका पल पोग्वा र चेल्सीका एङ्गोलो कान्टेसँग तुलना गर्न थालिएको २० वर्षीय युवा प्रतिभावान फ्लारेन्टिनोको सुरुवाती रिलिज क्लज ९० मिलियन पाउन्ड रहेको छ । लुइस पछिल्लो समय पोर्चुगिज लिग च्याम्पियन बेन्फिकाका महत्वपुर्ण खेलाडीको रुपमा रहेका छन् । बेन्फिका ‘बी’ बाट गत फेब्रुअरीमा सिनियर टोलीका छिरेका उनले त्यसयता लगातार उच्च प्रदर्शन गरिरहेका छन् ।
लुइसलाई अनुबन्ध गर्न दुई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले रस्साकस्सी शुरु गरेको हो । सम्भवत उनी विन्टर ट्रान्सफरमा सरुवा हुन सक्नेछन् । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले फ्लोरेन्टिनोलाई रोड्रिगो र भेट्रान फर्नाडिन्होको विकल्पमा रुपमा हेरेका छन् । यता, म्यानचेस्टर युनाइटेडले लुइसलाई पल पोग्वाकै विकल्पमा हेरेका छन् ।
पोग्बा लामो समयदेखि स्पेनिस क्लब रियल म्याड्रिडको चासोको विषय बनेका छन् । अंगोलयिन मुलका फ्लोरेन्टिनोले पोर्चुगलको सिनियर टोलीबाट मात्रै खेल्न बाँकी छ । उनले पोर्चुगलको यू–१५ देखि यू–२० सम्मको उमेर समूहमा आफ्नो प्रतिभा देखाइसकेका छन् ।
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]