6 years ago
September 12, 2019
सुबास हुमागाईं, काठमाडौं
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमानको बराबरी गरेकी छिन् । नादेझ्दा कपको फाइनलमा उज्बेकिस्तानविरुद्ध २ गोल गर्दै सावित्राले अनुको ३५ गोलको कीर्तिमान बराबरी गरेकी हुन् ।
सावित्राले राष्ट्रिय टोलीका लागि ३७ खेल खेल्दै ३५ गोल गरेकी छिन् । सन् २०१४ को साफ च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेकी सावित्राले त्यसपछि लगातार राष्ट्रिय टोलीका लागि गोल गर्दै आएकी छिन् । डेब्यु खेलमा नै गोल गर्दै सानदार सुरुवात गरेकी सावित्राले त्यसपछि अर्को गोल गर्न ७ खेल कुर्नुपर्यो ।
सन् २०१६ को दक्षिण एसियाली खेलकुदमा श्रीलंकाविरुद्ध २ गोल गरेकी सावित्राले मलेसियाविरुद्ध नेपालमा भएको मैत्रीपूर्ण खेलमा विजयी गोल गरेकी थिइन् । त्यसपछि भारतको सिलिगुडीमा भएको साफ च्याम्पियनसिपमा उनले ४ खेलमा १२ गोल गरेकी थिइन् । त्यस प्रतियोगितामा भुटानविरुद्ध ६ र माल्दिभ्सविरुद्ध ५ गोल गरेपछि उनी चर्चाको शिखरमा पुगेकी थिइन् ।
मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमा गोल गरेपछि सावित्राले ओलम्पिक छनोट अन्तर्गत म्यानमारलाई बराबरीमा रोक्दा पनि गोल गरिन् । भारतमा भएको हिरो गोल्डकपमा भारत र इरानविरुद्ध जितमा २-२ गोल गरेकी उनले नेपालमा भएको साफ च्याम्पियनसिपमा सबै ४ खेलमा १-१ गोल गर्न सफल भइन् । त्यसपछि ओलम्पिक छनोटको दोस्रो चरणमा इन्डोनेसियाविरुद्ध २-१ को जितमा दुवै गोल उनको नाममा रहयो ।
किर्गीस्तानमा जारी नादेझ्दा कपको पहिलो खेलमा आयोजकविरुद्ध ४ गोल गर्दै उनले गोलसंख्या ३२ पुर्याइन् । त्यसपछि समूहको अन्तिम खेलमा ताजिकिस्तानविरुद्ध विजयी गोल गरेकी सावित्राले फाइनलमा २ गोल गरेकी हुन् ।
April 30, 2025
एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा आज च्यासल युथ क्लबले फराकिलो अन्तरको जित निकालेको छ। नयाँवस्ती युथ क्लबलाई ४-२ गोल अन्तरले हराउँदै च्यासल लिगको तेस्रो स्थानमा उक्लिएको छ।एन्फा कम्प्लेक्समा आज भएको खेलमा च्यासलले सानदार सुरुवात गर्यो। २३ औं मिनेट भित्र ३-० को स्पष्ट अग्रता बनायो। १० औं मिनेटमा निरज कार्कीले गोल गरे। १८ […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]