6 years ago
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नादेझ्दा कपको फाइनलमा नेपाली महिला राष्ट्रियत फुटबल टोलीले उज्बेकिस्तानको सामना गर्दैछ । पहिलो हाफको खेल सकिंदा नेपाल १-० ले पछाडि छ ।
नेपालले खेलको ३९ औं मिनेटमा गोल खाएको थियो । उज्बेकिस्तानको मिडफिल्डबाट आएको लामो पास डिफेन्डर पुनम जर्घामगरले क्लियर गर्ने प्रयास गर्दा उज्बेकी खेलाडीको खुट्टामा पुगेको थियो । त्यसपछि आएको पासलाई नेपाली डिफेन्सले बुझ्न नसक्दा वन भर्सेस वनमा गोल गर्दै उज्बेकिस्तान अगाडि बढेको थियो ।
नेपाल पहिलो अन्तर्राष्ट्रिय उपाधिको खोजीमा रहेको छ । चोटका कारण नेपाली टोलीमा नियमित कप्तान निरु थापा छैनन् । उनको अनुपस्थितिमा रेनुका नगरकोटेले टोलीको कप्तानी गरिरहेकी छिन् । नेपालले समूह चरणमा उज्बेकिस्तानसँग २-० को हार बेहोरेको थियो । कप्तान निरु त्यसै खेलको पहिलो हाफमा घाइते भएकी थिइन् ।
April 30, 2025
एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा आज च्यासल युथ क्लबले फराकिलो अन्तरको जित निकालेको छ। नयाँवस्ती युथ क्लबलाई ४-२ गोल अन्तरले हराउँदै च्यासल लिगको तेस्रो स्थानमा उक्लिएको छ।एन्फा कम्प्लेक्समा आज भएको खेलमा च्यासलले सानदार सुरुवात गर्यो। २३ औं मिनेट भित्र ३-० को स्पष्ट अग्रता बनायो। १० औं मिनेटमा निरज कार्कीले गोल गरे। १८ […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]