6 years ago
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय फुटबलमा त्यति लामो इतिहास छैन । तर कम समयमै नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरमा भने आफ्नो परिचय स्थापित गरेको छ ।
दक्षिण एसियाली फुटबलमा लगभग सबै प्रतियोगितामा भारतभन्दा पछाडि रहेर नेपाल उपविजेता बन्दै आएको छ । नेपालले गतवर्ष कोलकातामा सम्पन्न हिरो गोल्डकपमा पहिलो पटक भारतलाई पराजित गर्यो । नेपाल उक्त प्रतियोगिताको फाइनलमा पनि प्रवेश गर्यो । तर म्यानमारको चुनौती नेपाललाई भारी पर्यो र नेपाल फेरिपनि उपविजेतामा नै सिमित भयो ।
नेपालले फेरी अर्को आमन्त्रित अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्दैछ । नेपाल र उज्बेकिस्तानबीच नादेझ्दा कपको फाइनल खेल आज हुँदैछ । खेल नेपाली समयानुसार दिउँसो ३:४५ बजे हुनेछ । किर्गीस्तानमा जारि प्रतियोगितामा नेपाल समूह चरणमा २ जित र १ हारसँगै फाइनल प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा आयोजक टोलीलाई ८-२ ले पराजित गर्दा दोस्रो खेलमा उज्बेकिस्तानसँग २-० को हार बेहोर्यो । अन्तिम खेलमा ताजिकिस्तानलाई १-० ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको थियो ।
नेपालले उज्बेकिस्तानविरुद्ध खेलमा डटेर प्रदर्शन गरेको थियो । उज्बेकिस्तानले जारि प्रतियोगितामा अन्य टोलीविरुद्ध भने गोलवर्षा नै गरेको छ । ताजिकिस्तानलाई १२-० ले हराएको उज्बेकी टोलीले किर्गिस्तानलाई ९-० को अन्तरले पराजित गरेको थियो । प्रतियोगिताको उपाधि दाबेदार उज्बेकिस्तानलाई हराउन नेपाललाई निकै कठिन हुनेछ । अन्तिम खेलपछि एक दिनको विश्रामले टोलीलाई केहि राहत भने पुगेको छ ।
April 30, 2025
एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा आज च्यासल युथ क्लबले फराकिलो अन्तरको जित निकालेको छ। नयाँवस्ती युथ क्लबलाई ४-२ गोल अन्तरले हराउँदै च्यासल लिगको तेस्रो स्थानमा उक्लिएको छ।एन्फा कम्प्लेक्समा आज भएको खेलमा च्यासलले सानदार सुरुवात गर्यो। २३ औं मिनेट भित्र ३-० को स्पष्ट अग्रता बनायो। १० औं मिनेटमा निरज कार्कीले गोल गरे। १८ […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]