5 years ago
September 12, 2019
एजेन्सी – स्पेनिस ला लिगा क्लब भ्यालेन्सियाले आफ्ना मुख्य प्रशिक्षक मार्सेलिनोलाई बर्खास्त गर्दै अर्काे स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व सहायक प्रशिक्षक अल्वर्ट सेलाडेसलाई अनुबन्ध गरेको छ ।
दुईवर्ष अघि भ्यालेन्सियाका प्रशिक्षकमा नियुक्त भएका मार्सेलिनोले भ्यालेन्सियालाई चौथो स्थानमा राख्दै च्याम्पियन्स लिगको लागि छनोट गराएका थिए । सेभिया र भिल्लारियलका पुर्व प्रशिक्षक समेत रहेका ५४ वर्षीय मार्सेलिनोले गत सिजन भ्यालेन्सियालाई ११ वर्षपछि पहिलो उपाधिको रुपमा कोपा डेल रे जिताएका थिए । क्लबका मालिक पिटर लिमसँगको खटपट नै उनको बर्खास्तीको मुख्य कारण रहेको बुझिएको छ ।
अन्तर्राष्ट्रिय विश्राम अघि भ्यालेन्सियाले ला लिगामा खराव प्रदर्शन गरेको थियो । रियल सोसिडाडसँग १–१ को बराबरी खेलको भ्यालेन्सिया सेल्टा भिगोसँग १–० ले तथा मलोर्कासँग २–० ले पराजित भएको थियो । भ्यालेन्सिया यो सिजनमा ३ खेलबाट ४ अंक जोडेर १०औं स्थानमा छ ।
उनको स्थानमा ४३ वर्षीय सेलाडेसले २०२१ सम्म भ्यालेन्सियाको प्रशिक्षण सम्हाल्नेछन् । उनले बुधबारदेखि नै क्लबमा प्रशिक्षण शुरु गरिसकेका छन् । भ्यालेन्सियाले आइतबार ला लिगाका क्याटलान क्लब बार्सिलोनासँग तथा मंगलबार च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ ।
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]
February 27, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुल २८ खेलमा ६७ अंक पुगेको […]