default_image

5 years ago

September 11, 2019

अर्जेन्टिनाको जितमा लौटारोको ह्याट्रिक

100 views

0 Bookmark

एजेन्सी – फरवार्ड लौटारो मार्टिनेजले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई ४-० ले पराजित गरेको छ । खेलको सबै गोल पहिलो हाफमा नै सम्भव भएको थियो ।

लौटारोले खेलको १७ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले २२ औं मिनेटमा अग्रता दोब्बर पारे । ३३ औं मिनेटमा लिआन्द्रो पारेडेसले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको अग्रता ३-० ले बढाए । ३९ औं मिनेटमा लौटारोले आफ्नो ह्याट्रिक पूरा गरे ।

मुख्य फरवार्ड लिओनेल मेस्सीको अनुपस्थितिमा इन्टर मिलानबाट खेल्दै आएका लौटारोले उत्कृष्ट प्रदर्शन गरे । प्रशिक्षक लिओनेल स्कालोनीले उनलाई पहिलो हाफमा ह्याट्रिक गरेपनि दोस्रो हाफमा भने मैदानमा उतारेनन् । उनको स्थानमा पाउलो डिबालाले दोस्रो हाफ खेलेका थिए । लौटारोले अर्जेन्टिनाका लागि १२ खेल खेल्दै ६ गोल गरिसकेका छन् ।

खेल अवधिभर अर्जेन्टिनाले मेक्सिकोलाई पूर्ण दबाबमा राखेको थियो । मेक्सिकोका लागि गोलको एकमात्र आक्रमण हर्भीङ लोजानोले ९० औं मिनेटमा गरेका थिए । अर्जेन्टिनाका लागि गोलरक्षक एस्टेबान अन्द्रादाले त्यसबाहेक कुनै प्रहारमा मिहिनेत नै गर्नु परेन । मेक्सिकोले आफ्नो पहिलो रोजाईको टोली उतारेपनि अर्जेन्टिनाको दोस्रो रोजाईको टोलीलाई समस्या दिन सकेन ।

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

February 27, 2025

लिभरपुल र सिटीको जित

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुल २८ खेलमा ६७ अंक पुगेको […]

Success

Thank you for your time.