default_image

5 years ago

September 11, 2019

सहज जितका बाबजुद फ्रान्स दोस्रो स्थानमै

113 views

0 Bookmark

एजेन्सी – विश्व विजेता फ्रान्स युरोकप छनोटमा समूह ‘एच’ मा दोस्रो स्थानमा यथावत रहेको छ । मंगलबार राति घरेलु मैदानमा फ्रान्सले एन्डोरामाथि ३–० को सहज जित निकालेको हो । फ्रान्सको जितमा किङ्सले कोमान, क्लेमेन्ट लेङलेट र विसाम विन यडरले गोल गरे ।

खेलको १८औं मिनेटमा कोमानको गोलबाट फ्रान्स खेलमा अघि बढेको थियो । २८औं मिनेटमा एन्टोइन ग्रिजमन पेनाल्टीमा चुक्दा फ्रान्सले अग्रता दोब्बर बनाउने मौका खेर फाल्यो । उनको प्रहार गोलरक्षक जोसेप गोमेसले बचाए । ग्रिज्मनले फ्रान्सको पछिल्लो खेलमा पनि पेनाल्टीमा गोल गर्न सकेका थिएनन् । शनिबार अल्बानियाविरुद्ध खेलमा उनको प्रहार क्रसबारमा लागेको थियो ।

पहिलो हाफमा १-० ले अगाडि रहेको फ्रान्सले ५२औं मिनेटमा क्लेमेन्ट लेङलेटले गोलमा अग्रता दोब्बर पार्यो । उनले ग्रिज्मनको क्रसमा हेडर गोल गरेका थिए । इन्ज्युरी समयको पहिलो मिनेटमा यासिन विन यडले गोल गर्दै फ्रान्सलाई ३–० को जित दिलाए । नबिल फेकिरको प्रहारलाई गोलरक्षक गोमेसले बचाउने प्रयास असफल भएपछि आएको रिबाउन्डमा उनले गोल गरे ।

एक खेलमा पराजित भएको फ्रान्सको ६ खेलबाट १५ अंक रहेको छ । समान ६ खेलबाटै टर्कीको १५ अंक छ । हेड टु हेडका आधारमा टर्की शीर्षस्थानमा छ । टर्कीले मंगलबार राति नै माल्दोभालाई ४–० ले पराजित गरेको थियो । यही समूहमा अल्वानियाले आइसल्यान्डलाई ४–२ ले पराजित गरेको छ । समान ६ खेलमा आइसल्यान्डको १२ र अल्बानियाको ९ अंक रहेको छ ।

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

February 27, 2025

लिभरपुल र सिटीको जित

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुल २८ खेलमा ६७ अंक पुगेको […]

Success

Thank you for your time.